News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं ल्याएर डिपोर्ट गरेको छ।
- डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्, जो कागजात नभेटिएको वा गैरकानुनी रुपमा बसेका थिए।
- मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुसँग सोधपुछ गरी परिवारका जिम्मा लगाएको छ र उजुरी दिन अनुरोध गरेको छ।
७ माघ, काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।
डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ ।
यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरण/चरणमा डिपोर्ट गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4