+
+
Shares

सिरहामा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १७:१७

७ माघ, सिरहा ।  आगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मिर्चैया नगरपालिकाको जीवा खोला क्षेत्रमा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन गरिएको छ ।

नन्दावक्स गणको पहल तथा जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गरी करिब ४०० जनाको सहभागिता रहेको थियो।

अभ्यासको मुख्य उद्देश्य सुरक्षा निकायका कर्मचारीलाई मतदानस्थल तथा मतदानकेन्द्र सञ्चालनसम्बन्धी जानकारी दिनु र निर्वाचनका समयमा हुन सक्ने विभिन्न परिस्थितिका लागि तयारी गर्नु रहेको छ ।

अभ्यासको क्रममा सुरक्षा फौजले सम्भावित जोखिम र आपतकालीन परिघटनाहरूमा गरिने सुरक्षात्मक कारबाहीको अभ्यास प्रदर्शन गरेको थियो ।

जिल्ला अधिकारीहरूका अनुसार यस अभ्यासले निर्वाचनमा संलग्न नेपाली सेना तथा अन्य सुरक्षा निकायबीच समन्वय र सहकार्य अझ सुदृढ हुने विश्वास गरिएको छ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यका साथै मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधीश डा. प्रकाश उप्रेती, न. २७ बाहिनीपति सहायक रथी नारायणबहादुर थापा, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव वाग्ले र जिल्ला निर्वाचन अधिकृत राजन श्रीवास्तव उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?