+
+
Shares

टीभीएसको अन्तर्राष्ट्रिय रेसिङ ‘एआरई जीपी’ नेपालमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टीभीएस मोटरले नेपालमा ‘अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी)’ को पहिलो संस्करण सम्पन्न गरेको छ।
  • प्रतियोगितामा ६० भन्दा बढी राइडरले तीन श्रेणीमा १० चुनौतीपूर्ण मोडहरू भएको ट्रयाकमा प्रतिस्पर्धा गरेका थिए।
  • विजेताहरूलाई भारतको चेन्नईमा फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर र नगद पुरस्कार प्रदान गरिएको छ।

७ माघ, काठमाडौं । दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी टीभीएस मोटरले नेपालमा ‘अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी)को पहिलो संस्करण सम्पन्न गरेको छ ।

यो कार्यक्रम टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको महत्त्वपूर्ण उपलब्धी रहेको कम्पनीले जनाएको छ । नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना भएको थियो । ६० भन्दा बढी राइडर सहभागी भए भने ३०० भन्दा बढी दर्शक तथा मोटरस्पोर्ट्स पारखीहरूको उत्साहजनक उपस्थिति रह्यो ।

कार्यक्रमले सहभागी राइडरहरूलाई सुरक्षित तथा रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङको तालिम लिन, प्रतिस्पर्धा गर्न र रेसिङ अनुभव गर्न अवसर प्रदान गर्‍यो ।

सहभागीहरूलाई टीभीएस रेसिङ च्याम्पियनहरूद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । नेपालमा आयोजित यस प्रतिस्पर्धामा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू भएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्रयाकमा प्रतिस्पर्धा गरे, उनीहरूको प्रदर्शन ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो ।

‘च्याम्पियनसिप १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘यसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सिप परीक्षणको मौका मिल्यो ।’

साथै उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान भएको छ । साथै २५ हजार रुपैयाँ नगद पुरस्कार तथा टीभीएस मोटरका विशेष राइडिङ गियरहरू पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने टीभीएस एआरई जीपी ग्रान्ड फाइनलतर्फ अघि बढ्नेछन् ।

‘सन् २००७ मा सुरु गरिएको टीभीएस रेसिङ एआरई जीपी च्याम्पियनसिप अपाचे राइडरहरूका लागि मनोरञ्जन, सिकाइ र प्रतिस्पर्धाको संगमका रूपमा स्थापित भएको छ’ कम्पनीले भनेको छ ‘सन् २०२५ मा यो च्याम्पियनसिप नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरहरूमा विस्तार भई विश्वभर १ हजार भन्दा बढी अपाचे राइडरहरूलाई समेट्न सफल भएको थियो ।’

श्रेणीअनुसार १६० सीसीमा सुजन थापा मगर विजेता भएका छन् भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बने । २०० सीसी श्रेणीमा, अभिनव राज मल्ल विजेता बने भने निमेष ठकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भए । ३१० सीसी श्रेणीमा, दिलिप दनुवार विजेता बने । राम विक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?