७ माघ, काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षा र दुई पक्षबीच हुनसक्ने झडपबारे छलफल गरेको छ ।
गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै थप सुरक्षा सजगता अपनाउनु पर्ने औंल्याएको छ । चुनाव नजिकिएसँगै उम्मेदवार लक्षित हुनसक्ने आक्रमणलाई चुनौतीको रुपमा लिइएको छ ।
त्यस्तै दुई पक्षबीच जम्काभेट हुँदा हुनसक्ने झडपलाई पनि सुरक्षा चुनौतीको रुपमा हेरिएको छ ।
अर्कोतर्फ साइबर सुरक्षालाई पनि चुनौतीको रुपमा लिइएको छ । सामाजिक सञ्जालमाफर्त हुनसक्ने आक्रमण तथा मिसइन्फरमेशनलाई अहिले चुनौतीको रुपमा लिएर छलफल भएको एक सुरक्षा अधिकारीले बताए ।
मन्त्रालयमा बसेको बैठकमा गृहसचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचरका प्रमुख, नेपाली सेनाका प्रतिनिधिलगायतको उपस्थिती थियो ।
प्रतिक्रिया 4