+
+
WC Series
Nepal Women
127/7 (18.5)
VS
७ बलमा १४ रन आवश्यक
Netherlands Women
140/5 (20)
Shares

सुन्तला, मौसम र जुनार महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सुन्तला, मौसम र जुनारको मूल्यवृद्धि भएको जानकारी सार्वजनिक गरेको छ।
  • सुन्तलाको मूल्य बुधबार प्रतिकिलो १ सय २५ रुपैयाँबाट बिहीबार १८ प्रतिशतले बढेर १ सय ४७ रुपैयाँ पुगेको छ।
  • मौसम र जुनारको मूल्य पनि बुधबार १ सय १० रुपैयाँबाट ९.९ प्रतिशतले वृद्धि भएर १ सय २० रुपैयाँ कायम भएको छ।

८ माघ, काठमाडौं । बजारमा सुन्तला, मौसम र जुनारको मूल्यवृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्यसूची अनुसार यी फलफूलको मूल्य बढेको  देखिएको हो ।

हिजो बुधबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा कारोबार भएको सुन्तलाको मूल्य आज बिहीबार १८ प्रतिशतले बढेर प्रतिकिलो १ सय ४७ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, मौसम र जुनारको मूल्यमा पनि समान ९.९ प्रतिशतले वृद्धि भएको छ । बुधबार १ सय १० रुपैयाँ औसत मूल्य रहेको मौसम र जुनार दुवैको मूल्य आज प्रतिकिलो १ सय २० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?