+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि दोस्ताजको पहिलो कविता संग्रह \'एकदिन मानिसहरू फर्किनेछन्\' काठमाडौँको सर्वनाम थिएटरमा सार्वजनिक भएको छ।

८ माघ, काठमाडौँ । कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ कविता संग्रह सार्वजनिक भएको छ । काठमाडौँको सर्वनाम थिएटरमा आयोजित समारोहमा कवि श्रवण मुकारुङ, ज्योति जंगल र बाबु त्रिपाठीले संयुक्त रूपमा कविता संग्रहको विमोचन गरेका हुन्।

४८ वटा कविता रहेको संग्रहको कवि मुकारुङले प्रशंसा गरे । आफूले शीर्ष कवितासहितका केही कविता दोहोर्‍याइ दोहोर्‍याइ पढेको उनले जानकारी दिए । ‘यस सङ्ग्रहमा एकदमै तागतिला कविता छन्’ मुकारुङले भने, ‘असाध्यै राम्रा कविताहरू, एकदमै पर्फेक्ट, जसलाई चलाइरहन जरुरी छैन ।’

यस्तै कवि ज्योति जंगलले बजारमा आइरहेका भन्दा पृथक सङ्ग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’ भएको बताइन् । ‘बिम्बहरू एकदमै नवनिर्मित छन् । प्रतीकलाई यसरी प्रयोग गर्नुभएको छ कि गम्नपर्ने’ उनले भनिन्, ‘एकछिन बसेर गम्नुपर्ने खालको भाषिक संरचना छ । कविता शब्दको हैन अर्थको संरचना हो । यी कविता त्यसमा सक्षम छन्।’

कार्यक्रममा कवि राजु झल्लु प्रसाद र स्वीकृति शर्माले दोस्ताजका कविताहरू वाचन गरेका थिए । लेखकको यो पहिलो कविता संग्रह हो ।

सेलर नेपाल इन्फोटेकले प्रकाशन गरेको उक्त सङ्ग्रहको मूल्य ३५० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?