+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:४३
फाइल तस्वीर

८ माघ, काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।

साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे ।

‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने ।

नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।

५ माघमा राप्रपा प्रवेश गरेका नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?