News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली उच्च अदालतले बलिउड अभिनेता सलमान खानलाई चिनियाँ एआई कम्पनीले दायर गरेको मुद्दामा चार हप्ताभित्र जवाफ बुझाउन नोटिस जारी गरेको छ।
- अदालतले ११ डिसेम्बर २०२५ मा सलमानको अनुमति बिना उनको नाम, फोटो र आवाज प्रयोग गर्न नपाइने अन्तरिम आदेश जारी गरेको थियो।
- चिनियाँ कम्पनीले उक्त आदेशलाई चुनौती दिँदै आफ्नो व्यवसायमा असर पर्ने भन्दै मुद्दा हालेको छ र अर्को सुनुवाइ फेब्रुअरी २७ मा तय भएको छ।
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई दिल्ली उच्च अदालतले नोटिस जारी गरेको छ । यो नोटिस चीनको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘भ्वाइस–जेनरेसन’ (आवाज निकाल्ने) कम्पनीले दायर गरेको निवेदनपछि पठाइएको हो ।
यसअघि अदालतले सलमानको अनुमति बिना उनको नाम, फोटो वा आवाज प्रयोग गर्न नपाइने गरी (पर्सनालिटी राइट्स) मा एउटा अन्तरिम आदेश दिएको थियो । चिनियाँ कम्पनीले अदालतको त्यही आदेशलाई चुनौती दिँदै मुद्दा हालेपछि अहिले सलमान सँग जवाफ माग्दै नोटिस पठाइएको हो ।
दिल्ली उच्च अदालतले ११ डिसेम्बर २०२५ मा सलमान खानको ’पर्सनालिटी राइट्स’ (व्यक्तित्व अधिकार) सुरक्षित गर्ने एउटा अन्तरिम आदेश जारी गरेको थियो।
यसअघि अदालतले सलमानको अनुमति बिना उनको नाम, तस्विर, आवाज, रूप-रंग र उनको पहिचानसँग जोडिएका अन्य कुनै पनि कुराको प्रयोग गर्न नपाइने आदेश दिएको थियो ।
उक्त प्रतिबन्ध डिजिटल माध्यम (इन्टरनेट, एप्स) र व्यापारिक प्रयोजन दुवैमा लागू गरिएको थियो । छोटकरीमा भन्नुपर्दा, कुनै पनि कम्पनी वा व्यक्तिले सलमान खानको पहिचान प्रयोग गरेर पैसा कमाउन वा प्रचार गर्न नपाउने गरी अदालतले रोक लगाएको थियो, जसलाई अहिले चिनियाँ एआई कम्पनीले चुनौती दिएको छ ।
अहिले मुद्दा हाल्ने चिनियाँ कम्पनीले अदालतमा आफ्नो तर्क राखेको छ । कम्पनीले भनेको छ कि अदालतको यो रोकले उनीहरूको व्यवसायमा ठूलो असर पार्नेछ, किनभने उनीहरूको मुख्य काम नै एआई प्रयोग गरेर ’भ्वाइस मोडेल’ (विभिन्न आवाजहरू) तयार पार्नु हो ।
अदालतले सलमान खानको नाममा नोटिस जारी गर्दै यस विषयमा चार हप्ताभित्र आफ्नो जवाफ बुझाउन आदेश दिएको छ । यस मुद्दाको अर्को सुनुवाइ आगामी फेब्रुअरी २७ मा हुने तय भएको छ ।
सलमानभन्दा अगाडि अमिताभ बच्चन, अनिल कपूर, ज्याकी श्राफ, ऐश्वर्या राय, अभिषेक बच्चन र करण जोहरजस्ता धेरै कलाकारले आफ्नो ‘पर्सनालिटी राइट्स’ सुरक्षित गरिसकेका छन् ।
प्रतिक्रिया 4