+
+
Shares

एमडीआरटी उपाधिका लागि सूर्यज्योति लाइफबाट ५५ जना योग्य

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना अभिकर्ता सन् २०२६ का लागि एमडीआरटी सदस्य बन्न सफल भएका छन्।
  • गौरव कुमार शाही र दिपक सापकोटा क्रमशः तेस्रो र दोस्रो पटक कोर्ट अफ द टेबलका लागि योग्य भएका छन्।
  • सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सफल अभिकर्तालाई अष्ट्रेलियाको सिड्नीमा हुने भेलामा नेपालको प्रतिनिधित्व गर्न बधाइ दिएका छन्।

८ माघ, काठमाडौं । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जनालाई सदस्य बनाएको छ ।

तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ मा सदस्य बन्न सफल भएका छन् । तीमध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी)का लागि योग्य भएका छन् । शाही सीओटीमा तेस्रो पटक र सापकोटा दोस्रो पटक छनोट हुन सफल भएका हुन्।

कोशी प्रदेशबाट २ जना, बागमतीबाट २९ जना, गण्डकीबाट ५, लुम्बिनीबाट १३ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ३ जना गरी ५५ जना छनोट भएका हुन् । ३ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक हासिल गर्ने २ जना गरी ८ जना दीर्घसेवा पदकबाट सम्मानित भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२६ को लागि एमडीआरटीमा छनोट हुन सफल ५५ जनालाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा बधाइ दिए । अझ लगनशील र मेहनत गरी अघि बढ्न उनले आग्रह गरे ।

सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, जीवन बीमा कोष ४३ अर्ब ८३ करोड, लगानी ४८ अर्ब ४५ करोड, नेटवर्थ ६ अर्ब ७४ करोड तथा अभिकर्ता १ लाख ६ हजार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?