+
+
Shares

राष्ट्रिय सभालाई अझै प्रभावकारी बनाउन आवश्यक छ : अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायम गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
  • दाहालले ६८ विधेयकमध्ये ३९ प्रमाणीकरण भइसकेको, १२ फिर्ता लिइएको र १२ निष्क्रिय भएको जानकारी दिनुभएको छ।
  • सभामा विचाराधीन ५ विधेयकमध्ये एकमा सैद्धान्तिक छलफल भईरहेको र तीन विधेयक विधायन व्यवस्थापन समितिमा अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो।

९ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशन शुभारम्भ वक्तव्य दिंदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासि गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने अहिलेको आवश्यकता उनको भनाइ छ ।

संविधान र नियमावलीको व्यवस्थामा प्रतिकुल नहुने गरी सभाका कामकारवाहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सुधारको अभियान अन्तर्गत भौतिक, कार्यविधिगत र अन्य विविध आयाममा सुधार गरिएको उनले भनाइ छ ।

अध्यक्ष दाहालले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्दै यस अधिवेशनमा नयाँ–नयाँ अभ्यास आवश्यक रहेको बताए ।

दाहालले सभामा हालसम्म उत्पत्ति भएका ६८ वटा विधेयकमध्ये ३९ वटा विधेयक प्रमाणीकरण भइसकेको, १२ वटा विधेयक सरकारले फिर्ता लिएको, प्रतिनिधिसभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका ७ वटा विधेयकसहित १२ वटा विधेयक निष्क्रिय भएको जानकारी दिए ।

हाल सभामा विचाराधीन ५ वटा विधेयक मध्ये एक वटा विधेयक सभामा सैद्धान्तिक छलफल भई सभामा रहेको, एक वटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेश भएको र ३ वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?