+
+
Shares

सामाजिक सञ्जालका पोस्ट भएका ९८ सामग्री हटाउँदै निर्वाचन आयोग

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा कन्टेन हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका ९८ वटा कन्टेन हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ।
  • निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले कारबाहीका लागि पत्रमचार गरिएको बताए।
  • निर्वाचन आयोगले फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग साझेदारी गरी आचारसंहिता कार्यान्वयनका लागि कार्यदल बनाएर काम गरिरहेको छ।

९ माघ, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले ति कन्टेन हटाउनका लागि पत्रमचार गरिएको हो ।

‘९८ वटा कन्टेट कारबाहीका लागि लेखेर पठाएका छौं । तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको छ’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

तर, के कस्ता कन्टेट हटाउन भनिएको हो उनले खुलाएनन् ।

तथापि, पाठकलाई गलत सूचना नपुगोस् भनेर आयोग गलत सूचना रोक्न सक्रिय रहेको उनले बताए । फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरिएको उनले जानकारी दिए ।

निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनका लागि कार्यदल नै बनाएर काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगको विषय समेत आचारसंहिताभित्र पर्दछ । आचारसंहिता उल्लघंन हुने गरी सामाजिक सञ्जालको प्रयोग गर्न नहुने लगायतका विषय रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?