१० माघ, डोल्पा । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट कांग्रेस प्रवेश गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्टले शनिबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
उनलाई नेपाली कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका कर्ण बहादुर बुढाले पार्टीमा प्रवेश गराएका हुन् ।
उनले कांग्रेस प्रवेश गरेपनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस अघिपनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन् ।
कार्यालयका माघ ९ गते शुक्रबार दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । सो समयमा उम्मेदवारी फिर्ता नलगेको उनीहरू पार्टी प्रवेश गर्दै कांग्रेसका बुढालाई सहयोग गर्ने बताएका छ ।
विष्ट यस अघिपनि कांग्रेसमै थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस टिकट नदिएको भन्दै तत्कालीन माओवादी प्रवेश गरेका उनी त्रिपुरासुन्दरी मेयर पदमा पराजित भएका थिए ।
प्रतिक्रिया 4