+
+
Shares

इन्डोनेसियामा प्राकृतिक प्रकोप : ९ जनाको मृत्यु, ८० जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १२:५२
Photo Credit : Reuters

इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन् ।

खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा कम भएसँगै उद्धार कार्य फेरि सुरु भएको छ।

उद्धारकर्मी सेना, प्रहरी र स्वयंसेवकहरूको सहयोगमा प्रभावित क्षेत्रमा उत्खनन गर्दै छन् । ड्रोन र कुकुर टोलीको प्रयोग गरी अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ ।

पश्चिम बान्दुंगका मेयरले चेतावनी दिएका छन् कि भूस्खलन भएको भूभाग निकै कठिन र जमिन अझै अस्थिर छ ।

इन्डोनेसियामा वर्षाको समयमा प्रायः बाढी र भूस्खलन हुने गरेका छन् । गत वर्षको वर्षाले सुमात्रा टापुमा करिब एक हजार२०० जनाको मृत्यु र दुई लाख ४० हजार भन्दा बढी मानिस विस्थापित भएका थिए ।

वातावरणविद् र सरकारी अधिकारीहरूले वन क्षेत्र हराएको कारणले बाढी र भूस्खलन बढेको बताएका छन् ।

यसै महिनामा सियाउ टापुमा परेको अत्यधिक वर्षाले कम्तीमा १६ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?