११ माघ, काठमाडौं । नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं जडीबुटी बस्ने कुमार लोहार रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले थ्री नट थ्री राइफल जस्तो देखिने डमी लामो हतियार १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो ।
सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यमाहा कम्पनीको एफजेट मोटरसाइकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाएर राखेको अवस्थामा सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4