+
+
Shares

राष्ट्रिय सभा : गण्डकीमा कांग्रेस–एमालेका जगत र सम्झना विजयी

गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी छन् भने तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:५३

११ माघ, पोखरा । राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीमा नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।

कांग्रेस–एमालेको गठबन्धनका उम्मेदवार तिमिल्सिना र देवकोटा दुई तिहाईभन्दा बढी बहुमतले विजयी भएका हुन् ।

अन्य क्लष्टरबाट कांग्रेसका जगतले ५ हजार ३३ मतभार पाएका छन् भने एमालेकी सम्झना ५ हजार १४ मतभारका साथ विजयी भएकी छन् ।

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ जना मतदानमा सहभागी भएका थिए । राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि मतदानमा सहभागी भएनन् ।

गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी छन् भने तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट महिलामा गोमा घिमिरे र अन्यमा कपिल लामा प्रतिस्पर्धी थिए ।

नेकपाकी गोमाले ९४१ मतभार प्राप्त गरिन् भने कपिलले ९४१ मतभार पाए ।

जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाएका छन् भने सोही पार्टीकी लक्ष्मी सापकोटाले पनि समान मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?