१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुग्ने भएका छन् । माघ ६ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी सोमबार सर्लाही–४ पुग्न लागेका हुन् ।
सभापति थापा आज बिहान ११ बजे काठमाडौँबाट सिमरा– रौतहटको चपुर हुँदै सर्लाही निर्वाचन क्षेत्र गएका छन् । बागमती पुल गेटमा भव्य स्वागत गर्नेगरी मधेश प्रदेश समितिले कार्यक्रम बनाएको छ ।
मधेश कांग्रेसका प्रचार–प्रसार प्रमुख नितिश कुमार गुप्ताका अनुसार सभापति थापा चारदिन सम्म सर्लाहीमा रहनेछन् । चारदिनको बसाइमा पार्टी संरचनामा रहेका नेता, कार्यकर्तासँग उनले छलफल गर्ने गुप्ताले जानकारी गराए । फागुन ७ गते जनकपुरमा गरिने प्रदेशस्तरीय सभाको छलफल पनि हुने गुप्ताले जानकारी गराएका छन् ।
सर्लाही–४ मा कांग्रेसका नवनिर्वाचित सभापति थापाले उम्मेदवारी दिएपछि यस क्षेत्रको चुनावी बहस बढेको छ । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया 4