+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

चिसो छल्न बेँसी झरे बाजुराका भोटे समुदाय, के गर्छन् मतदान ?

‘हाम्रा लागि वैशाखपछि मात्र उपयुक्त हुने थियो, तर सरकारले भने चुनाव तोकिसकेको छ, घरमा बसेका भोट हाल्छन्, हामी भने गाउँ जाँदैनौं,’ अछामको साँफेबगर पुगेका पदम गुङले भने ।

प्रकाश सिंह प्रकाश सिंह
२०८२ माघ १२ गते १३:४२

१२ माघ, बाजुरा । आगामी फागुन २१ हुने देशैभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्मुखमा बाजुराका अधिकांश भोटे जनजाती समुदायका मानिसहरू चिसो छल्न बेँसीतिर झर्न थालेका छन् ।

भोटे जनजाति महासंघका पूर्व अध्यक्ष नृप थापा (भोटे) का अनुसार, प्रतयेक वर्ष मंसिरमा उनीहरू बसाईंसराईं गरेर बेँसी झर्ने गर्छन् । त्यसरी मंसिरमा झरेका उनीहरू चैतको अन्तिम साता मात्रै फर्कन्छन् ।

भोटे जनजाति महासंघका अनुसार, बाजुरामा ५ सय बढी परिवार बसोबास गर्ने गरेका छन् । २७ सय बढी मतदाता छन् । त्यसमध्ये ७ भन्दा बढी मतदानमा सहभागी नहुने नृप बताउँछन् ।

बाजुरामा बडिमालिका नगरपालिका ७ ढम्कने, बुढिनन्दा नगरपालिका १, २, ३, ७, ८, ९, १० र हिमाली गाउँपालिका २ र ३ मा भोटे जनजाती बस्ने गरेका छन् । उनीहरू हिउँदमा हिमपात हुने भएकाले चिसो छल्न बेँसीतिर झर्ने गरेका हुन् ।

भोटे जनजाति महासंघका अनुसार धेरै परिवार भेडा, च्याङ्गा सहित मंसिरमा बसाइ सर्ने गर्छन् । उनीहरू बाजुराको तल्लो भेग, अछाम, डोटी र बझाङमा बसाईं सर्ने गर्छन् ।

चुनाव फागुन २१ छ । मतदानमा आफूहरू सहभागी नहुने बसाईं सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे) ले बताए । ‘सबै परिवार यतै छौं, भोट हाल्ने चारै जना मौसमी बसाईं सरेका छौं,’ उनले भने ।

भोट हाल्न गाउँ जान १ हप्ता भन्दा बढी समय लाग्ने भएकाले भोट हाल्न नजाने गरेको उनले बताए । भोटे जनजाति समुदायले आफूहरूका लागि फागुन २१ के समय उपयुक्त नभएको बताएका छन् ।

‘हाम्रा लागि वैशाखपछि मात्र उपयुक्त हुने थियो, तर सरकारले भने चुनाव तोकिसकेको छ, घरमा बसेका भोट हाल्छन्, हामी भने गाउँ जाँदैनौं,’ अछामको साँफेबगर पुगेका पदम गुङले भने ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाका अनुसार मतदातालाइ मतदानका लागि प्रेरित गरिनेछ ।

बाजुरामा ७७ वटा मतदानस्थल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् ।

यस्तै निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाभर कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?