प्रतीकात्मक तस्वीर
१२ माघ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्वपश्चिम सडकखण्डमा गुडिरहेको ट्यांकरमा आगलागी भएको छ ।
बाराको अमलेखगञ्जबाट रुपन्देही जान आउँदै गरेको लु१ख ६६०९ नम्बरको डिजेल लोड भएको ट्यांकर सोमबार दिउँसो गुडिररहेको अवस्थामा अचानक इन्जिनमा आगलागी भएको थियो ।
हेटौंडा उपमहानगरपालिका र अमलेखगञ्ज आयल निगमको गरी २ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको र बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।
आगलागीबाट ट्यांकरको अगाडिको भागमा क्षति पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-३ का ट्यांकर चालक ५८ वर्षीय कृष्णबहादुर थापा सकुशल रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4