+
+
Shares

नेपालको प्राकृतिक सुन्दरताको प्रचार गरे मात्रै पनि देश समृद्ध हुन्छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:५२

१३ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको प्राकृतिक सुन्दरताको प्रचार गरे मात्रै पनि देश समृद्ध हुने बताएका छन् ।

देशको नेतृत्वमा पुगेकाहरुसँग सही भिजन नहुँदा नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदै पनि पछि पररेको उनको भनाइ छ ।

मंगलबार बुटवलमा आजपाको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर एकीकृत विकासको लागि पनि गम्भीर पहल नपुगेको बताए ।

लुम्बिनीको गौरवलाई बढाउनेगरि आगामी दिनमा काम गरिनुपर्ने उनको आग्रह छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई आकर्षित गराउने भएतापनि प्रचार नपुगेको उनले बताए । लुम्बिनीमा मात्रै वर्षमा कम्तिमा पचास लाख पर्यटकले भ्रमण गर्नेगरि योजना बनाएर काम गर्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?