+
+
Shares

भोटखोला थुदाम मतदान केन्द्रमा ६३ जना मात्रै मतदाता

भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १९:१०

१३ माघ, संखुवासभा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाको भोटखोला स्थित थुदाम मतदान केन्द्रमा सबै भन्दा कम मतदाता रहेको छन् ।

दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाममा जिल्लाकै कम मतदाता रहेको छन् ।

भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।

राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातिको बसोबास रहेको हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित  क्षेत्र तिब्बतसँग परनिर्भर छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता छन् ।

सबैभन्दा कम मतदाता रहेको थुदाम मतदान स्थलमा ६३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये २८ महिला र ३५ पुरुष छन् । थुदाम मतदान स्थलमा २०७९ सालको निर्वाचनमा २० मत खसेको थियो ।

भोटखोला गाउँपालिकामा ११ वटा मतदान स्थल र ५ हजार ६ सय २७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

भोटखोलाकै किमाथांका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?