+
+
Shares

समस्याग्रस्त सहकारीको छिनोफानो छिटै हुनुपर्छ : मन्त्री इङ्नाम

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १५:०२

१४ माघ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केही सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका हुन् ।

समयमा नै सहकारी नियमन गर्ने निकायले वेवास्ता गरेको र राम्रोसंग स्वनियमन हुन नसकेकाले अहिले केहि सहकारीहरु समस्याग्रस्त भएको उनले बताए ।

उनले स्वनियमको नाममा कानुनहरुको उल्लंघन गरेर सहकारीको बचत हिनामिना गर्नेहरूमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए । मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकारवाहीप्रति पनि असन्तुष्टि जनाए ।

समस्याग्रस्त समितिको अहिलेको कामले सयौं वर्षसम्म पनि समस्या समाधान नहुने उनको भनाइ छ । उनले एकैपल्ट एक हजारभन्दा बढी यस्ता समितिहरू गठन गर्नसकेमात्रै पीडितले छिटो न्याय पाउन सक्ने बताए ।

गत बर्ष माघ १४ गते स्थापना भएको प्राधिकरणले हालसम्म ५ हजार ३५० सहकारी दर्ता अभिलेखिकरण प्रक्रियामा रहेको जनाएको छ ।

त्यस्तै प्राप्त भएका उजदुरीहरुलाई अध्ययन र छानविनका साथ समस्या समाधान गर्ने प्रक्रियाअघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?