News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ।
- आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी लगानी वृद्धिमा सहजीकरण गर्नेछन्।
- सम्पर्क व्यक्तिले अन्तर्राष्ट्रिय समुदायलाई लगानीबारे बुझाउन, सूचना आदान प्रदान गर्न र समस्या समाधान गर्न भूमिका निर्वाह गर्नेछन्।
१५ माघ, काठमाडौं । आर्थिक कूटनीति मार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानी थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन् ।
त्यसैगरी नेपालमा लगानीबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन, सूचना आदान प्रदान गर्न र देखापरेका समस्या समाधान गर्न पनि भूमिका निर्वाह गर्नेछन् ।
केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिले सम्पर्क व्यक्तिको व्यवस्था भए नेपालमा लगानीबारे बुझ्न र लगानी वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।
लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।
प्रतिक्रिया 4