+
+
Shares

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते

काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेशको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते ७:४२

१६ माघ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।

लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?