+
+
Shares

क्रान्तिका बहस फेसबुकमा सीमित भएको भन्दै १३ जनाले छाडे आहुतिको साथ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १७:०२
विश्वभक्त दुलाल (आहुति)/फाइल तस्वीर

१७ माघ, काठमाडौं । नेतृत्वप्रति असमहति जनाउँदै केन्द्रीय सदस्य एवं सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्यहरू सुनारसहित गणशे रसाइली, यशोद्धा बराल छन् ।

यसैगरी विक्रम सुनार, तुलसी परियार, प्रया बराल, दिपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला जीआर, कमला जिरी र रीता नेपालले पनि पार्टी छाडेका छन् ।

पार्टी स्थापनाको दशक पुग्न लाग्दासमेत देशको कुनै भूगोलमा धनाधार बन्न नसक्नु, पार्टीले अघि सारेका आन्दोलन र क्रान्तिका कार्यक्रम बहस र फेसबुकमा मात्रै सीमित हुनुलाई उनीहरूले पार्टी छाड्नुपरेको कारण बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?