News Summary
Generated by OK AI. Editorially reviewed.- भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ।
- सुक्खा पहिरो आइतबार साँझ साढे ७ बजेबाट झर्न थालेको थियो र त्यसपछि राजमार्गमा दुईतर्फी यातायात रोकिएको थियो।
- पहिरो हटाउन एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खोलिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो।
१८ माघ, काभ्रेपलाञ्चोक । भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ ।
बीपी राजर्मागअन्तर्गतको सो खण्डमा आइतबार साँझ साढे ७ बजेबाट सुक्खा पहिरो झर्न थालेको थियो । सुख्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुलेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
यसअघि पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाइएको थियो । पहिरो रोकिने बित्तिकै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने प्रयास भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4