+
+
Shares

सुक्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते २२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ।
  • सुक्खा पहिरो आइतबार साँझ साढे ७ बजेबाट झर्न थालेको थियो र त्यसपछि राजमार्गमा दुईतर्फी यातायात रोकिएको थियो।
  • पहिरो हटाउन एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खोलिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो।

१८ माघ, काभ्रेपलाञ्चोक । भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ ।

बीपी राजर्मागअन्तर्गतको सो खण्डमा आइतबार साँझ साढे ७ बजेबाट सुक्खा पहिरो झर्न थालेको थियो । सुख्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुलेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

यसअघि पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाइएको थियो । पहिरो रोकिने बित्तिकै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने प्रयास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?