११ माघ, काठमाडौं । अनलाइनखबरका वरिष्ठ संवाददाता कमल नेपालका पिताको पनि निधन भएको छ । ११ माघमा आमा लक्ष्मीकुमारीलाई गुमाएका नेपालका बुबा पाेखनारायणको पनि निधन भएको हो ।
९३ वर्षीय नेपालको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्नीको निधन भएको आठौं दिनमा पति पाेखनारायणको पनि आफ्नै निवास बुटवलमा निधन भएको हो ।
उनका चार छोरा र एक छोरी छन् । दिवंगत नेपालको आइतबार राति नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अनलाइनखबर परिवार दिवंगत नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
साथै, एक साता अवधिमै मातापिता दुवै गुमाएका अनलाइनखबरकर्मी नेपालसहित परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4