+
+
Shares

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका-२ का ३४ वर्षीय जीवन परियार रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १३:२६

२० माघ, काठमाडौं । काठमाडौं-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका-२ का ३४ वर्षीय जीवन परियार रहेका छन् ।

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३६८ नम्बरको बसले मंगलबार बिहान इच्छाकामना गाउँपालिका-४ केबलकार गेट अगाडि उनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार उपचारका लागि अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस चालक कैलालीको लम्कीचुवा नगरपालिका-१२ का ४२ वर्षीय सुभाष विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?