+
+
Shares

समय तोकेर गर्न सक्ने कामहरू घोषणापत्रमा समेट्छौं : ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १३:२९

२१ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराएका छन् ।

‘हामी घोषणा पत्र तयारीमा छौं । चाँडै नै यो सार्वजनिक हुनेछ । नेकपा एमालेले राष्ट्रियहित, स्वतन्त्रताको, स्वाभिमानको सबाल, राष्ट्रियताको सबाललाई जोड दिन्छ,’ उनले भने, ‘घोषणा केन्द्र आउँदा यी विषय केन्द्रित हुन्छ । सामाजिक सद्भाव कायम गर्ने कुरालाई एमालेले जोड दिन्छ । विकास निर्माणसँग जोडिएका आयोजनामा हामी केन्द्रित हुन चाहन्छौं ।’

उनले सुशासनसँग जोडिएका कुराहरू भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगारलगायत विषय घोषणा पत्रमा समेटिने बताए ।

‘संविधान संशोधनका कुराहरू पनि समेटिनेछन् । हामी बोल्छौं । यसपटकको घोषणामा पृथक ढंगले हामी प्रस्तुत भएको पाउनुहुन्छ,’ उनले भने, ‘कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?