+
+
Shares

मुस्ताङको साङ्ता मतदानस्थल सार्न प्रस्ताव

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरिएको छ । वडा कार्यालयले हिमपात र अत्यधिक चिसोको बारेमा जानकारी गराउँदै मतदानस्थल सार्न प्रस्ताव गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङको साङ्ता गाउँको हिमाली आधारभूत विद्यालयको मतदानस्थल हिमपात र अत्यधिक चिसोका कारण सार्न प्रस्ताव गरिएको छ।
  • वडा सदस्य छिरिङ पाल्साङ गुरुङले गाउँमा अधिकांश नागरिक हिमपात र चिसो छल्न अन्य स्थानमा बसेको जानकारी दिनुभयो।
  • प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रस्तावबारे बैठक बसेर निर्णय गरी निर्वाचन आयोगमा सिफारिस गरिने बताउनुभयो।

२१ माघ, मुस्ताङ । यहाँस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता मतदानस्थल सार्न प्रस्ताव गरिएको छ । वडा कार्यालयले हिमपात र अत्यधिक चिसोको बारेमा जानकारी गराउँदै उक्त स्थानको मतदानस्थल सार्न प्रस्ताव गरेको हो ।

जोमसोमदेखि उत्तर-पश्चिमतर्फ मुस्ताङ–डोल्पा सडकअन्तर्गत सिमानामा पर्ने यहाँको साङ्ता गाउँ मुस्ताङकै सबैभन्दा कान्छो गाउँगाउँ हो । विसं २०२२ मा पत्ता लागेको साङ्ता गाउँमा १३ घरधुरीको बसोबास रहेको छ ।

विसं २०७९ को सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यहाँ ३४ मतदाता सङ्ख्या थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँको साङ्ता गाउँमा पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ३९ मतदाता कायम भएको छ ।

हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सिमानामा पर्ने यहाँको साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयको मतदानस्थल सार्न सम्बन्धित निकायमा पत्राचार गरिएको त्यहाँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए ।

हिमपात र अत्यधिक चिसोका कारण गाउँमा केही याकचौँरी हेर्ने गोठालाबाहेक कोही नभएको र गाउँका सबै नागरिक हिमपात र चिसो छल्न फल्याक धाकार्रजुङ, कागबेनी र जोमसोमलगायत स्थानमा आफन्तजनको घरमा बसेको वडासदस्य छिरिङ पाल्साङले जानकारी दिए ।

मतदानको समयमा हिमपात र चिसो कायमै हुने समय भएको भन्दै मतदान सार्न अनुरोध गरिएको उनको भनाइ छ ।

मुस्ताङको पाक्लिङदेखि मुस्ताङ र डोल्पाको सिमानामा सडकको ट्र्याक खोलिएको भए पनि साङ्ता गाउँबाट याकखर्कसम्मको सडक चुनौतिपूर्ण र कष्टकर छ ।

समुन्द्री सतहको चार हजार ५०० मिटरमाथिको उचाइबाट सडक विस्तार भएको साङ्ता गाउँ जाने मुस्ताङ–डोल्पा सडक एक महिनाअघिदेखि हिमपातले अवरुद्ध छ ।

गाउँलेहरू हिमपात र अत्यधिक चिसोका कारण अन्य क्षेत्रमा गएकाहरू गर्मीयाम सुरु भएपछि (चैत-वैशाख) मात्रै गाउँ फर्किन्छन् । गाउँमा कोही नहुने भएपछि वडा कार्यालयले जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई मतदानस्थल सार्न प्रस्ताव पठाएको हो ।

कृषि र पशुपालन व्यवसायमा आश्रित स्थानीयहरू वर्षको सात महिना मात्रै गाउँमा बस्छन् । पहिले-पहिले हिउँदयाममा जाडो छल्न गाउँ नजिककै पारिलो स्थान घोक भन्ने स्थानमा घुम्ती बासस्थान सार्ने गरेका भए पनि पछिल्लो केही वर्षयता साङ्ता गाउँका नागरिकले त्यहाँको घोक भन्ने स्थान छाडेर जोमसोम आसपासका क्षेत्रमा बस्न थालेका हुन् । केही गाउँले भने पोखरा-काठमाडौँमा झरेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मुस्ताङको साङ्तास्थित हिमाली आधारभूत विद्यालयको मतदानस्थल सार्न त्यहाँको वडा कार्यालयबाट प्रस्ताव आएको जानकारी दिइन् ।

‘हिमपात र चिसोका कारण साङ्ता गाउँको मतदानस्थल सार्न हामीलाई प्राप्त भएको छ, उक्त पत्रका सम्बन्ध तत्काल कुनै छलफल भएको छैन’, प्रअिज शर्माले भनिन्, ‘हामी यहाँ बैठक बसेर उक्त प्रस्तावबारे छलफल गरी निर्णय लिन्छौँ, बैठकले प्रस्ताव उपयुक्त ठाने उक्त सिफारिससहित हामीले निर्वाचन आयोगमा पठाउँछौँ ।’

निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थल हेरफेर, थपघट र स्थान्तरण गर्न आयोग मतदानस्थल तथा मतदान केन्द्र कार्यविधि २०८१ अनुसार उपयुक्त ठहरिएमा प्रस्ताव अनुमोदनका लागि आयोगमा सिफारिस गर्ने प्रजिअ शर्माको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?