+
+
Shares

‘जनतालाई राजनीतिबारे सचेत तुल्याउन फिल्म ‘बिगुल’ बनाएका हौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते ११:४४
बायाँदेखि निर्देशक रमेश कोइराला र निर्माता दिनेश कोइराला ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'बिगुल' १ फागुनदेखि प्रदर्शनमा आउँदैछ र यो राजनीतिक कथावस्तुमा बनेको छ जसले भ्रष्टाचार र सुशासनका विषय उठाएको छ।
  • निर्माता दिनेश कोइरालाले यस फिल्ममार्फत युवालाई राजनीतिकरूपमा सचेत बन आह्वान गरेको र २ करोड रुपैयाँ खर्च गरेको बताए।
  • निर्देशक रमेश कोइरालाले फिल्ममा राजनीति मुख्य विषय रहेको र यसले लोकतन्त्रको समर्थन गर्दै देशलाई सही ट्रयाकमा लैजान सन्देश दिएको उल्लेख गर्नुभयो।

काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बिगुल’ लाई लिएर यतिबेला दर्शकीय चासो छ । मुलुक चुनावमा होमिन लागेको समय-सन्दर्भ पारेर हलमा पनि राजनीतिक कथावस्तुमा बनेको फिल्म आउन लागेको हो ।

सुशासनको पक्ष र भ्रष्टाचार विरोधमा २३ र २४ मा मुलुकमा चलेको जेन-जी आन्दोलनको कारण अहिले राजनीतिक गर्मागर्मी पनि छ । यसको प्रतिविम्व चुनावमा देखिएको छ । यस्तोमा, आउन लागेको ‘पल्टिकल ड्रामा’ बिगुलले दिन खोजेको सन्देश के हो ? किन यो फिल्म हेर्नुपर्छ ? यस फिल्मका निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइरालाले दर्शकीय चासो शान्त पार्ने प्रयास गरेका छन् ।

आफै पनि कांग्रेसका केन्द्रीय नेतादेखि सन् २००८ मा नेपाल जेसिजको पूर्वअध्यक्ष समेत रहिसकेका दिनेश ‘बिगुल’ मार्फत कथानक फिल्म निर्माणमा होमिएका छन् । यसअघि सिरिज निर्माण गरेका उनले आफ्नो कथा धेरै जनासामु सुनाउन र भन्नको लागि फिल्मको माध्यम रोजेको बताएका छन् ।

दिनेश कोइराला, निर्माता

‘बिगुल’ के हो ?

नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक विकृति र सुशासनका कुरालाई हामीले उठाएका छौं । यिनै इस्युले गर्दा जेन-जी आन्दोलन भयो । यी इस्युमार्फत हामीले युवालाई राजनीतिकरुपमा सचेत बन है भनेर भन्ने खोजेका थियौं । जरुरी छैन सबैले राजनीति गर्न । जरुरी छ सबै सचेत हुन । सचेत हुनुपर्छ भनेर हामीले आह्वान गरेका थियौं । एउटा नेताले गल्ती गर्दै गर्दा समाज, परिवारलाई के असर गर्ने रहेछ ? देशलाई के असर गर्ने रहेछ भनेर हामीले देखाएका छौ । लिडरले गल्ती गर्दैगर्दा युवाको कर्तव्य के हुन्छ ? आमयुवाको भावना के हुन्छ ? यी कुरा हामीले देखाएका छौं ।

के कुराले तपाईंलाई यो फिल्म लेख्न प्रेरित गर्‍यो ?

जसरी राजनीति चलेको छ । यसमा म सन्तुष्ट छैन । यसरी देश चल्दैन । यो गलत भयो । सहि ट्रयाकमा ल्याउनुपर्छ । यसका लागि मैले केही न केही भूमिका गर्नुपर्छ । यसका लागि मैले लेखेँ, बोलेँ । विद्रोह गरेँ । फिल्मबाट आम दर्शकमाझ पुग्न, जनतालाई सचेत गर्न खोजेँ । यो भुइँमान्छे र आम नेपालीको भावना हो । यो कल्पनाको कथा होइन । यही माटोमा लड्बडिएर, हिँडेर नेपाली जनताको भावना बुझेर नेपालको वस्तुस्थिती लेखेको हो ।

यसअघि बनेका राजनीतिक फिल्मभन्दा ‘बिगुल’ कुन अर्थमा भिन्न छ ?

अहिले राजनीतिक फिल्म बन्या छैन । फिल्ममा राजनीति घुसाइएको छ । हाम्रो यसमा सुरुदेखि अन्त्यसम्म राजनीतिक कथावस्तु छ । राजनीतिक विषयवस्तु भएपनि यसमा मनोरञ्जन छ । गीत, कमेडी सबै छ ।

निर्माताको रुपमा कति खर्च गर्नुभयो ? अनुभव कस्तो रह्यो ?

निर्माणको अनुभव मलाई थियो । हरेक राम्रा काम चुनौतीपूर्ण हुन्छ । धेरै अवरोध आएको छ र आउँछ । यसलाई सहजै ग्रहण गर्छु । यसमा खर्च लगभग २ करोड वरपर छ ।

फिल्म बनाउन सजिलो कि राजनीति गर्न ?

सफल हुन सबै ठाउँमा गाह्रो छ । इमान्दार हुन सबैलाई गाह्रो छ । इमान्दारीपूर्वक सफलता प्राप्त गर्न सबैलाई गाह्रो छ । यो क्षेत्रमा झन बढी राजनीति रहेछ । देशको राजनीतिभन्दा फिल्मको राजनीति अझ कडा रहेछ । यसभित्र तीतामीठा कुराहरु पनि छन् । एकले अर्कोलाई डोमिनेट गर्न खोज्ने । एकले अर्कोलाई आफू अब्बल हुँ भन्ने यहाँ पनि देखियो । तरपनि यो स्वभाविक हो । अन्यथा लिनुहुँदैन ।

रमेश कोइराला, निर्देशक

३ दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय निर्देशक कोइरालाले यसअघि नीरमाया, लीला मन मनमा निर्देशन गरेका थिउ । यो उनको चौंथो फिल्म हो । सिरिजमा समेत उनले अभिनय गरेका छन् ।

बिगुल किन हेर्ने ?

अहिलेको देशमा चलिरहेको घृणित राजनीतिक खेल जुन छ, त्यसबाट सचेत हुन् जरुरी छ । राजनीति के हो त ? राम्रो के हो ? नराम्रो के हो ? सचेतनाको रुपमा ग्रहण गर्छन् कि आमदर्शकले ।

फिल्ममा दर्शकलाई होल्ड गर्ने अन्य कुरा के छन् ?

यसअघि पनि राजनीतिक रङ दिएर बनेका अन्य धेरै फिल्म छन् । सिनेमा लभस्टोरी होस् या एक्सन, त्यहाँ राजनीति त घुस्छ नै । तर, हाम्रो फिल्ममा कन्टेन्ट नै राजनीति हो । राजनीतिभित्र समाज र परिवारको व्यथा छ । बाउछोरीको सम्बन्ध र राजनीतिमा त्यसले पारेको प्रभाव ।

के यो फिल्मले वैकल्पिक राजनीतिलाई वकालत गर्ने पार्टीलाई समर्थन गरेको हो ?

नयाँलाई समर्थन गर्ने र पुरानोलाई होच्याउने होइन । फिल्ममा राजनीति कन्टेन्ट हो । देश यसरी चल्दैन । निषेधको राजनीति कसैले कसैलाई गर्नु हुँदैन । गफभन्दा बढी काम गरेर देखाऊ, समृद्धिको बाटोमा अघि बढ भनेर सन्देश चाहिँ दिन्छ ।

गगन र बालेनलाई समर्थन गर्छ त ?

देश लयमा फर्किन, सहिरुपमा ट्रयाकमा जानलाई समृद्धि नारामात्र होइन । पहिचानसहितको यथार्थरुपमा अघि बढ्नुपर्छ भन्ने सन्देश छ ।

यसअघि गरेका फिल्मभन्दा ‘बिगुल’ कसरी भिन्न छ ?

म पनि राजनीतिप्रति आस्था राख्ने व्यक्ति हुँ । लोकतन्त्रको विकल्प छैन भन्ने व्यक्ति हुँ । यसो भनिरहँदा लोकतन्त्रको सपोर्टमा फिल्म बनाउँदा पाउँदा यो जस्तो गर्वको कुरा केही पनि रहेन । अहिलेसम्म गरेका सिनेमामध्ये यो उत्कृष्ट बन्छ भन्ने मलाई लाग्छ । यसमा दर्शकको माया पाउने अपेक्षा राखेको छु ।

अभिनेत्री बेनिशा हमालसँग मनमुटाव भएको चर्चा थियो फिल्मलाई लिएर । खास कुरा के हो ?

छायांकनमा जाँदा ९० प्रतिशत लक्ड थियो, १० प्रतिशत लक्ड थिएन । पटकथा लेखकलाई स्पटमै राखेर स्क्रिप्ट लेखियो । त्यो १० प्रतिशत चितवनमा गएर चेन्ज भयो । चेन्ज हुने क्रममा कति कुरा हतार हुन्छ । त्यहाँ गएर थपिएको १० प्रतिशत स्क्रिप्टमा काम गर्दै गएँ । यहाँ आएपछि जेनजीको कुरा आयो र थपियो । उनले (बेनिशाले) दाई मैले यो कुरा सुटिङमा बोलेको छैन, कसले बोल्या हो उसलाई दिनु न भनिन् । तिमी सेन्ट्रल क्यारेक्टर हो तिमी बोल न भनेर भनेँ, दुईजनाकै सहमतिमा । कुनै कलाकार मसँग आएर रिसाउँछ भनेर त्यसलाई सामान्यरुपमा लिन्छु । म उनीहरूको अभिभावक पनि हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?