+
+
Shares

इरानका विदेश मन्त्री ओमान पुगे, अमेरिकी प्रतिनिधिसँग वार्ता हुने

अमेरिकाले मस्कटमा आज(शुक्रबार) हुने वार्तालाई चासोपूर्वक हेरिरहेको छ । स्थानीय समयअनुसार बिहान १० बजेबाट बैठक सुरु हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ८:२१

२३ माघ, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागची अमेरिकी प्रतिनिधिसँग वार्ता गर्न ओमान पुगेका छन् । बढ्दो तनावका बिच शुक्रबार इरानी विदेश मन्त्री अरागची नेतृत्वको टोलीले ओमानको राजधानी मस्कटमा अमेरिकी प्रतिनिधिसँग वार्ता गर्दैछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् । ट्रम्पले इरानलाई आफ्नो आणविक सम्झौता सीमित पार्ने नयाँ ‘डिल’ गर्न दबाब दिँदै आक्रमणको चेतावनी दिइरहँदा इरानले आणविक सवालमा वार्ता गर्न तयार रहेपनि आफ्नो क्षेप्याश्र कार्यक्रम सीमित पार्ने विषयमा कुनै पनि वार्ता नगर्ने अडान लिइरहेको छ ।

अमेरिकाले मस्कटमा आज(शुक्रबार) हुने वार्तालाई चासोपूर्वक हेरिरहेको छ । स्थानीय समयअनुसार बिहान १० बजेबाट बैठक सुरु हुने छ ।

यो बैठकले मध्यपूर्वमा बढ्दो तनाव न्यूनीकरण हुने अपेक्षा गरिएको छ । यसअघि अमेरिकाले सैन्य कारबाहीको धम्की दिँदा इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले अमेरिकाले इरानमा हमला गरे पूरै क्षेत्रमा युद्ध भड्किनसक्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?