+
+
Shares

चितवनमा रविसँग कांग्रेस उम्मेदवारकाे जम्काभेट, स्वस्थ प्रतिस्पर्धा गर्ने बाचा

‘हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ । त्यसमा ढुक्क भए हुन्छ । एकदमै सम्मानित प्रतिस्पर्धा हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १२:५५

२३ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा रहेकी मीना खरेलबीच जम्काभेट भएको छ । चुनावी प्रचारका क्रममा दुवै जना प्रतिस्पर्धीबीच शुक्रबार भरतपुर बजारमै जम्काभेट भएको हो ।

भेटका क्रममा दुवैजनाले हात मिलाएर एकअर्कालाई शुभकामना साँटासाँट गरेका थिए । त्यसपछि रास्वपा सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा हुने प्रतिबद्धता जनाएका थिए । ‘हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ । त्यसमा ढुक्क भए हुन्छ,’ भिडिओमा उनले बोलेको सुनिन्छ, ‘एकदमै सम्मानित प्रतिस्पर्धा हुन्छ ।’

सो क्रममा कांग्रेस उम्मेदवार खरेलसँग रहेका नेताकार्यकर्ताहरूले पनि स्वच्छ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेका थिए ।

दुई प्रतिस्पर्धीबीच यसरी संवाद भइरहँदा दुवै पक्षका नेता–कार्यकर्ता भने पछाडिबाट हुटिङ गरिरहेकै सुनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?