+
+
Shares

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १६:२६

२३ माघ, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् ।

प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् ।

‘आफ्नै खातामा चन्दा उठाउन पाउने वा नपाउने कुरा गर्नुभएको छ । हामीसँग चन्दा ऐन छ । निर्वाचनको लागि, प्रचार प्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उम्मेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौ भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ,’ उनले भने ।

उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।

‘त्यसमा उठाएको पैसा निर्वाचन प्रचार प्रसारका लागि छुट्टै खाता खोलिएको कारणले त्यसमा कसैले दिएको सहयोग व्यक्तिगका लागि पैसा उठाएको छैन र दुरुपयोग हुँदैन भन्ने विश्वास गर्नुपर्छ । त्यसको दुरुपयोग गरेको खण्डमा त्यसको सम्बोधन हुने नै छ,’ उनले भने ।

प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई भइसकेको जानकारी दिए । छपाइ भएका मतपत्रहरूमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाई र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ ।

आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाई र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?