+
+
Shares

अमेरिका-भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ(आयात शुल्क) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते ११:२०

२४ माघ, काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त वक्तव्य जारी गरी सम्झौताको औपचारिक घोषणा गरेका हुन् ।

२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ(आयात शुल्क) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए ।

त्यो बेला व्यापार सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । तर, अहिले संयुक्त वक्तव्य जारी भएपछि धेरै कुरा बाहिर आउका छन् ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत वक्तव्य जारी गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ताहरूहरू ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब बढी नेपाली रुपैयाँ) को बजार खोल्ने बताएका छन् ।

उता ह्वाइट हाउसले एक कार्यकारी आदेश जारी गरेको छ । जसमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको, अमेरिकाका ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न तयार रहेको बताएका छन् ।

सम्झौताअनुसार अमेरिकाले भारतबाट आउने उत्पादनमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने जनाएको छ । यस कटौतीपछि भारतीय सामानमा ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ ।

ह्वाइट हाउसको वक्तव्यअनुसार अन्तरिम व्यापार सम्झौताको एक फ्रेमवर्क तय भइसकेको छ र केही सर्तहरू पनि निर्धारण गरिएका छन् ।

–बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?