+
+
Shares

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते, नजिकको चिया पसलमा क्षति

घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १०:०५

२५ माघ, काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएका छन् ।

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । पसलमा रहेका र बसमा सवार यात्रुहरु समेत घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।

प्र.३–०१–००६ ख १५५२ नं. को बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका– ६ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?