+
+
Shares

आज पनि बढ्यो सुनको भाउ, तोलाको ३ लाख नाघ्यो

चाँदीको भाउ पनि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते ११:१३

२६ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि बढ्यो

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।

हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?