+
+
Shares

अर्थको संशोधित अनुमान : चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ

यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट ८५.९६ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।
  • अर्थमन्त्री रामेश्वर खनालले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै खर्च अनुमान संशोधन गरेको जानकारी दिनुभयो।
  • सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको र आव अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड खर्च हुने अनुमान गरिएको छ।

२७ माघ, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् ।

अहिले सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । आव अन्तिसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । जुन सुरु विनियोजनको ८५.९६ प्रतिशत बराबर हो ।

यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ ।

विनियोजन भने चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत बराबर भएको छ ।

चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशतबाट ३.५ मा रहने अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?