+
+
Shares

प्रणय दिवसलाई जोडेर प्रहरीले बनाएका चेतनामूलक पोस्टहरू भाइरल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालमा सचेतना फैलाउने पोस्टहरू राखेको छ।

नेपाल प्रहरीले सचेतना फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा राखेका पछिल्लो पोस्टहरू भाइरल भएका छन् । विशेषत: प्रणय दिवसलाई जोडेर बनाइएका सचेतना पोस्टहरू भाइरल भएका हुन् ।

एउटा रमाइलो पोस्ट छ, ‘माया गर्नेले मन माग्छ तर, साइबर ठगले तपाईंको ओटीपी र पासवर्ड माग्छ ।’ त्यसैगरी अर्को पोस्टमा भनिएको छ, ‘चकलेट क्यान मेल्ट बट डिजिटल फुटप्रिन्ट वन्ट ।’ यस्ता पोस्टहरू निकै भाइरल भइरहेका छन् ।

अहिले नेपाल प्रहरीले प्रणय दिवसको छेकोमा दिन विशेष पोस्ट गरिरहेको छ । जसलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । यी पोस्टमा कतिपयले नेपाल प्रहरीले नयाँ सोसल मिडिया म्यानेजर हायर गरेको भनेका छन् । कतिपय प्रहरीलाई भ्यालेन्टाइन्स डे लागेको भन्दै कमेन्ट पनि गरिरहेका छन् ।

त्यस्तै प्रहरीको पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया समेत दिइरहेका छन् । अहिले यी पोस्ट फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, रेडिट जस्ता विभिन्न सञ्जालहरूमा व्यापक शेयर भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?