+
+
Shares

नागरिकमा आशा जगाउने तागत कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते २२:१९

२७ माघ, खजुरा (बाँके) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् ।

निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए ।

शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे ।

‘जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,’ उनले भने, ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समार्थ्य कांग्रेससँग छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?