+
+
Shares

‘लालिमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'लालिमा' को टिजर २९ फागुनदेखि प्रदर्शन तयारीमा रहेको छ र यसले कथावस्तु, चरित्र चित्रण र मनोदशा देखाउँछ।
  • रोशनी कार्कीले मुख्य भूमिका निभाएकी युवतीलाई मानसिक समस्यासँग संघर्षरत र यौन शोषणको शिकारको रूपमा टिजरमा देखाइएको छ।
  • निर्देशक रोशन मिराजले फिल्म ३ हजार यौनकर्मीको अनुभवमा आधारित भएको बताए र यसमा शिशिर वाङ्देल, जीनव भट्टराई लगायत कलाकार छन्।

काठमाडौं । २९ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ । यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशा दर्शाउँछ ।

टिजरमा एक युवतीलाई चित्रण गरिएको छ जसको भूमिका रोशनी कार्कीले चित्रण गरेकी छन् । उनलाई केन्द्रमा राखेर टिजर बनाइएको छ ।

उनी कोठाभित्र मानसिक समस्यासँग संघर्ष गरिरहेकी छिन् । उनको हाउभाउले उनी यौन शोषणको शिकार भएको अर्थमा बुझ्न सकिन्छ । त्यसलाई सचित्ररुपमा टिजरमा प्रस्तुत गरिएको छ ।

पटकथााकार तथा निर्देशन रोशन मिराजका अनुसार यो फिल्म ३ हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनाइएको हो ।

फिल्ममा रोशनीसहित कलाकार शिशिर वाङ्देल, जीनव भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ । फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?