News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटासँग एक वर्षअघि आजै डिभोर्स गरेकी थिइन्।
- एलिनाले सामाजिक सञ्जालमा आफूले स्वतन्त्रताको एक वर्ष मनाइरहेको उल्लेख गरेकी छन्।
- उनीले आफूलाई प्रमिस डेको शुभकामना दिँदै आफैँसँग वाचा गरेकी छन् कि अब पिँजडामा बस्दिनन्।
काठमाडौं । ‘भ्यालेन्टाइन्स सप्ताहन्त’ अन्तर्गत बुधबार ‘प्रमिस डे’ । प्रेमका चराहरू यस दिनमा प्रेमको वाचा गर्छन् । तर, यो दिनसँग गायिका एलिना चौहानको भुल्नै नसक्ने विगत लुकेको छ ।
ठीक एकवर्षअघि आजकै दिन उनी पूर्वपति विष्णु सापकोटासँग अलग भएकी थिइन् । यही दिनमा काठमाडौं जिल्ला अदालतमा यी दुईबीच कानूनीरुपमा डिभोर्स भएको थियो ।
भ्यालेन्टाइन्स डेको यो माहोलबीच एलिनाले उक्त दिनलाई सम्झिँदै बुधबार सामाजिक सञ्जालमार्फत विगतबारे चर्चा गरेकी छिन् । आफूले स्वतन्त्रताको एकवर्ष मनाइरहेको बताउँदै उनले आफू आज स्वतन्त्र भएको एकवर्ष भएको उल्लेख गरेकी छन् ।
आफ्नो यात्रा अझै जारी रहेको बताउँदै एलिनाले तर, आज भने आफू उही मान्छे नरहेको बताएकी छन् । अब आफूले आफ्नो मूल्य चिन्ने र सोहीअनुसार अघि बढ्ने वाचा उनको छ ।
आफैले आफूलाई प्रमिस डेको शुभकामना दिँदै एलिनाले फेसबुकमा लेखेकी छिन् :
आज प्रमिस डे हो
सबैले कसैलाई वाचा गरिरहेका छन्,र म…
म आज आफैँलाई सम्झिँदै छु ।
एक वर्षअघि आजकै दिन
मैले एउटा निर्णय गरेकी थिएँ अब म पिँजडामा बस्दिनँ ।
डर र आँसुले बनाएको पिँजडा तोडेर म सास फेर्न थाल्छु
त्यो दिन मैले आफैँसँग वाचा गरेकी थिएँ
अब म बाँच्नेछु, हाँस्नेछु, अगाडि बढ्नेछु,
अब म आफ्नो मूल्य चिन्नेछु र आज त्यही वाचालाई पूरा गर्दै
म स्वतन्त्रताको एक वर्ष मनाइरहेकी छु ।
म अझै यात्रामै छु,तर आज म उही मान्छे होइन। आज म स्वतन्त्र भएको एक वर्ष भयो ।
ह्याप्पी प्रमिस डे टू मी !
प्रतिक्रिया 4