+
+
Shares

विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने कोशी प्रदेशको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १७:२०

२९ माघ, काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ ।

विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधि लाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय समेत गरेको उनले बताए ।

त्यस्तै बैठकले सहज संक्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय एलडिसी ग्रयाजुयसेन कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?