News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान 'ए' सँग पहिलो खेल खेल्दै छ।
- नेपालको टोलीमा पूजा महतो कप्तान छिन् र नियमित कप्तान इन्दु बर्मा चोटका कारण मैदानबाहिर छन्।
- नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दै छ ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा विहान नेपाली समयअनुसार सवा ८ बजेदेखि सुरु हुनेछ ।
नेपाली टोली यो प्रतियोगितामा पूजा महतोको कप्तानीमा खेल्दै छ । नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।
प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।
नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।
प्रतिक्रिया 4