+

ह्‍यामस्ट्रिङ स्ट्रेनका कारण इन्दु कम्तीमा ८ साता मैदानबाहिर रहने

२०८२ माघ  १६ गते १९:३६ २०८२ माघ १६ गते १९:३६
ह्‍यामस्ट्रिङ स्ट्रेनका कारण इन्दु कम्तीमा ८ साता मैदानबाहिर रहने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा ग्रेड २ ह्यामस्ट्रिङ स्ट्रेनका कारण कम्तीमा ८ साता मैदानबाहिर रहने भएकी छन्।
  • नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई ८ देखि १२ सातासम्म आराममा राख्न सिफारिश गरेको छ।
  • इन्दु बर्माले फेब्रुअरी दोस्रो सातादेखि सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कप गुमाउने भएकी छन्।

१६ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा कम्तीमा ८ साता मैदानबाहिर रहने भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई ग्रेड २ ह्‍यामस्ट्रिङ स्ट्रेन भएको र ८ देखि १२ सातासम्म आराममा रहने जनाएको छ ।

महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ब्याटिङका क्रममा इन्दु चोटग्रस्त भएकी थिइन् ।

सातौं ओभरको पाँचौं बलमा क्रिजमा ब्यालेन्स मिलाउने क्रममा चिप्लिएकी उनी त्यसपछि मैदानबाहिर लगिएकी थिइन् ।

इन्दु बर्माले फेब्रुअरी दोस्रो सातादेखि सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कप गुमाउने भएकी छन् ।

इन्दु बर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय