News Summary
Generated by OK AI. Editorially reviewed.- भ्यालेन्टाइन्स विकेन्डमा १५ नयाँ फिल्म र वेब-सिरिज ओटीटीमा रिलिज हुनेछन्।
- कोहरा सिजन २, अमर विश्वास, क्रस सिजन २, र द कन्ज्युरिङ : लास्ट राइट्स प्रमुख रिलिज हुन्।
- मन शंकर वर प्रसाद गारू हिन्दी भाषामा १२ फेब्रुअरीमा जी-फाइभमा उपलब्ध हुनेछ।
‘भ्यालेन्टाइन्स विकेन्ड’ ओटीटी दर्शकका लागि धमाकेदार हुने देखिएको छ । प्रेमको मौसममा यदि तपाईं घरमै बसेर क्वालिटी टाइम बिताउने सोचमा हुनुहुन्छ भने, तपाईंका लागि १५ नयाँ फिल्म र वेब-सिरिजको आकर्षक सूची तयार छ ।
यो विकेन्डमा ‘कोहरा सिजन २’ मा मर्डर मिस्ट्रीको रोमाञ्च हुनेछ भने ‘अमर विश्वास’ मा अदालतभित्र न्यायका लागि संघर्ष देख्न पाइनेछ । ‘क्रस सिजन २’ मा डिटेक्टिभ एलेक्स क्रस पुनः तपाईंको धड्कन बढाउने तयारीमा छन्, र ‘द कन्ज्युरिङ : लास्ट राइट्स’ ले तर्साउनेछ ।
प्रणय दिवसको माहोल भएकाले रोमान्स चाहनेका लागि ‘लभ मी लभ मी’ आउँदैछ । साइन्स-फिक्सन मन पराउने दर्शकका लागि ‘प्रिडेटर ब्याडल्यान्ड्स’ पनि यही विकेन्डमा आउँदैछ । नयनतारा र चिरञ्जीवीको सुपरहिट फिल्म ‘मन शंकर वर प्रसाद गारू’ पनि अब हिन्दी भाषामा तपाईंको डिजिटल स्क्रिनमा उपलब्ध हुनेछ ।
नयाँ ओटीटी रिलिजको यो लामो सूची एकपटक हेरौं :
१) कोहरा सिजन २- ११ फेब्रुअरीमा नेटफ्ल्क्सिमा
२) अमर विश्वास- ११ फेब्रुअरीमा अमेजन एमएक्स प्लेयर
३) मन शंकर वरा प्रसाद गरु- १२ फेब्रुअरीमा जी-फाइभ
४) द बब्र्स- ९ फेब्रुअरीमा जियो हटस्टार
५) दिस इज आई- १० फेब्रुअरीमा नेटफ्ल्क्सि
६) मोटरभ्याली- १० फेब्रुअरीमा नेटफ्ल्क्सि
७) क्रस सिजन २- ११ फेब्रुअरीमा प्राइम भिडियो
८) लिड चिल्ड्रेन- ११ फेब्रुअरीमा नेटफ्ल्क्सि
९) स्टेट अफ फियर- ११ फेब्रुअरीमा नेटफ्ल्क्सि
१०) हाउ टु गेट टु हेभन फ्रम बेलफास्ट- १२ फेब्रुअरीमा नेटफ्ल्क्सि
११) प्रिडेटर ब्याडल्यान्ड्स- १२ फेब्रअरीमा जियो हटस्टार
१२) लभ मी लभ मी- १३ फेब्रुअरीमा प्राइम भिडियो
१३) म्युजियम अफ इनोसेन्स- १३ फेब्रुअरीमा नेटफ्ल्क्सि
१४) द आर्ट अफ सराह- १३ फेब्रुअरीमा नेटफ्ल्क्सि
१५) द कन्जुरिङ : लास्ट राइट्स- १३ फेब्रुअरीमा जियो हटस्टार
प्रतिक्रिया 4