+
+
Shares

बंगलादेशको निर्वाचनमा विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १७:२८

१ फागुन, काठमाडौं । बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले  बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।

सामाजिक सन्जालमार्फत कार्कीले बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् ।

कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छिन् ।

शेख हसिनाको सरकार ढलेपछि अन्तरिम सरकारले गरेको यस  निर्वाचनलाई बंगलादेशको लागि  महत्वपूर्ण ऐतिहासिक मोडको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?