१ फागुन, उदयपुर । नेपाली कांग्रेस उदयपुर–१ का उम्मेदवार बिदुर बस्नेतले आफू जितका लागि ढुक्क रहेको दाबी गरेका छन् ।
यो क्षेत्रबाट कांग्रेस नेता डा. नारायण खड्काले लगातार विजय हासिल गर्दै आएका छन् । यही पृष्ठभूमि सम्झाउँदै उनले आफ्नो प्रतिस्पर्धा अरु कुनै उम्मेदवासँग नहुने बताएका हुन् ।
‘चुनावमा उठ्ने त अरु पनि छन् तर मेरो प्रतिस्पर्धा कसैसँग छैन,’ चुनावी घरदैलोको क्रममा उनले भने ।
पार्टी सन्दर्भमा उनी नेपाली कांग्रेसलाई इतिहास बोकेको पुरानो तर नेतृत्वको हिसाबले नयाँ ऊर्जा प्राप्त पार्टीका रूपमा चित्रण गर्छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेपछि देशभर नयाँ उत्साह छाएको छ,’ बस्नेत भन्छन् ।
बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।
उनले उदयपुरका दीर्घकालीन समस्या केन्द्रमा राख्ने प्रतिबद्धता जनाएका छन् । ‘यहाँको मुख्य समस्या बाढी र पहिरो हो, तटबन्ध निर्माणमा प्राथमिकताका साथ लाग्छु,’ बस्नेत भन्छन् ।
साथै उनी डा. नारायण खड्काले सुरु गराएको उदयपुर विमानस्थलको काम पूरा गर्न आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता उनले जनाएका छन् ।
प्रतिक्रिया 4