+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सर्लाहीमा गगनले भने- म मधेश परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो

‘त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो । यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो । कांग्रेसको जरै यही छ,’ सभापति थापाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १५:४८

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको टिप्पणी गरेका छन् । शनिबार सर्लाही-४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ,’ सभापति थापाले भने, ‘तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो । किनकि म त्यो नाता जोड्छु भनेरै आएको हो ।’

निर्वाचन नै जित्ने कुरामा आफ्ना लागि काठमाडौंबाट सर्लाही आउनै नपर्ने अवस्था रहेको उनले दोहोर्‍याए । ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए । तर, म यहाँ केही नयाँ सोच ल्याएर आएको हुँ,’ उनले भने । कांग्रेसको सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस भएकाले मधेश झरेको उनले बताए ।

‘कांग्रेसको हुटहुटी नै त्यसमा छ । नेपाली कांग्रेसका नेता बिपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछाडि जब हामी हार्‍यौँ । त्यसपछि राजाले बनाएको संशोधन समितिलाई सुझाव दिने कि नदिने भनेर निर्णय गर्दा बिपीले दिने भनेर निर्णय गर्नुभएको रहेछ,’ उनले भने । त्यो सुझावमा रहेका तीन बुँदामध्ये पहिलो बुँदामै मधेशमा रहेका नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उल्लेख गरेको उनले बताए ।

‘त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो । यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो । कांग्रेसको जरै यही छ,’ सभापति थापाले भने । कांग्रेस मधेशमा जमेर आउनुपर्छ भनेर आफू सर्लाहीमा उम्मेदवार हुन आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?