+
+
Shares

नेकपाले आयोगलाई बुझायो प्रतिबद्धता पत्र

नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगसमक्ष पेस गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १५:५३

३ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगसमक्ष पेस गरेको छ।

पार्टीको तर्फबाट आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको थियो ।

सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेस गर्न पत्राचारसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?