३ फागुन, काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ ।
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवनमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ । आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4